तसलिमा भन्छिन्, ‘शाहरूख भारतमा स्टार हुन, अमेरिकामा होइन’

तसलिमा भन्छिन्, ‘शाहरूख भारतमा स्टार हुन, अमेरिकामा होइन’

3.Taslima_Nasrin_portraitएजेन्सी– चर्चित लेखिका तस्लिमा नसरिनले बलिउड स्टार शाहरूख खान भारतमा स्टार भएपनि अमेरिकामा नभएको टिप्पणी गरेकी छन् ।

अमेरिकाको लस एञ्जलस एयरपोर्टमा शाहरूख शुक्रबार पक्राउ परेको विषयमा टिप्पणी गर्दै उनले यो कुनै नयाँ विषय नभएको बताएकी छन् ।

उनले अमेरिकाको हवाईहड्डामा धेरै मुस्लिमहरू दैनिकजसो गिरफ्तारीमा पर्ने गरेको उनको भनाई छ । उनले ट्विट गर्दै भनेकी छन्, ‘शाहरूख खान अमेरिकाको विमानस्थलमा पक्राउ परे त के भयो ? धेरै मुस्लिमहरू अमेरिकी विमानस्थलमा दैनिक पक्राउ पर्छन । शाहरूख भारतमा स्टार हुन् अमेरिकामा होइन ।’ 

शुक्रबार बलिउड नायक शाहरूख खानलाई अमेरिकी विमानस्थलमा सुरक्षा अधिकारीले केही घन्टा हिरासतमा लिएर छाडेका थिए । 

तस्लिमाले आफ्नो टिव्टमा एक पटक हिरासतमा लिएको व्यक्तिका पहिचान ‘पक्राउ परेको व्यक्ति’ को रूपमा कम्प्युटरमा राखिने हुनाले हरेक पटक हिरासतमा पर्न सक्ने सम्भावना रहेको पनि औल्याएकी छन् । 

उनले धेरैजसो गैरमुस्लिमले मुस्लिम आतंकवादीले निर्दोष नागरिकहरूलाई मारेको विषयमा समेत अनविज्ञ बन्ने गरेको उनको गुनासो छ ।

उनले भनेकी छन्, ‘उनीहरूलाई डर छ कि तपाई मुसलमान हो त्यसकारण आतंकवाद हुन सक्नुहुन्छ ।’ उनले आतंकवादीका कारण निर्दोष मुसलमानहरूले हरेक क्षेत्रमा समस्या भोग्नुपरेको बताएकी छन् । 

बंगलादेशकी चर्चित र विवादास्पद लेखिका तस्लिमा आफै पनि कट्टरपन्थी इस्लामिक संगठनको निशानामा छिन् । उनले बंगलादेशबाट लामो समय भारतमा निर्भासित जीवन बिताएकी थिइन् । शाहरूख खानलाई यसअघि पनि अमेरिकी सुरक्षा अधिकारीले हिरासतमा लिएका थिए । Shahrukh-Khan

त्यसबेला पनि अमेरिक अधिकारीले गल्ती भएको स्वीकार गरेका थिए । यसपटक पनि उनलाई विमानस्थलमा नै पक्राउ गरिएको छ । तस्लिमाले भनेकी छन्, ‘भारतीय कलाकार भारतीय उपमहाद्वीप र अमेरिकामा रहेका भारतीयबीच लोकप्रिय छन्, काला र गोरा अमेरिकीबीच होइन ।’