सिरियामा आईएसको अपहरणमा परेका सयौं नागरिक मुक्त

सिरियामा आईएसको अपहरणमा परेका सयौं नागरिक मुक्त

Muslim mahilaएजेन्सी । चरमपन्थी संगठन इस्लामिक स्टेट (आइएस) को अपहरणमा परेका दुई हजार सिरियाली मध्ये अधिकांश रिहा भएका छन् । आईएसको पञ्जाबाट मुक्त भएपछि उनीहरुले खुसियाली मनाउँनुका साथै बधाई साटासाट गरेका छन् ।

सिरियाली नागरिकलाई आइएसको एक समूहले अपहरण गरी लगेकामा केही भाग्न सफल भएको र अधिकांशलाई आईएसले अपहरणमुक्त गरेको गरेको सिरियाली डेमोक्रेटिक फोर्स (सिडिएफ) ले जानकारी दिएको छ ।

सिडिएफले अमेरिकी नेतृत्वको हवाई अक्रमणद्वारा म्यानविज सहरबाट आइएस लडाकुलाई गएको साता भगाएपछि छिमेकी इलाकामा छरिएर रहेका लडाकुले आफ्नो गन्तव्यमा जान म्यानविज वरपरका करिब दुई हजार मानिसलाई मानव ढालका रुपमा प्रयोग गर्दै सुरक्षित क्षेत्रमा पुग्न अपहरण गरेको बताइएको छ ।

मानव ढालका रुपमा प्रयोग गरिएका निर्दोष सिरियाली नागरिकहरु अपहरणमुक्त भएपछि ठूलो खुसियाली छाएको छ । बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सयौँ नागरिक सिरियाको उत्तरी भागबाट फिर्ता आएका र अधिकांशलाई आइएस लडाकुले छोडिदिएको जनाएको छ ।

इस्लामिक स्टेट (आईएस) ले पछिल्लो समयमा इराक र सिरियामा ठूलो क्षति बेहोर्नुपरेको छ । सोही क्रममा आफ्नो नियन्त्रणमा रहेका थुप्रै इलाका समेत आईएसले गुमाएको छ । ती इलाकाबाट बाहिरिनका लागि उसले सर्वसाधारण जनतालाई मानव ढालको रुपमा प्रयोग गर्ने गरेको जनाईको छ ।

केही समयअघिमात्रै आईएसले सिरियाको दोस्रो ठूलो सहर एलेप्पो र राकाबाट बाहिरिनु परेको थियो । ती सहरबाट बाहिरिने क्रममा करिब ५ सय सवारी साधन लडाकु र सर्वसाधारणलाई लिएर बाहिरिएका थिए । उनीहरु उत्तर पूर्वी क्षेत्र सिरिया र टर्कीको सीमातर्फ भागेको जनाइएको छ ।

सिरियाली मानवअधिकारवादी संस्थाका प्रमुख रमी अब्देल रहमानले शुक्रबार सयौँलाई विद्रोहीले अपहरण गरेका र केहीले प्रतिवाद गर्दा ज्यान जोखिममा पर्ने मानी आफैँ विद्रोहीको अघि लागेर जाने गरेका बताएका छन् । उनका अनुसार मानविजमा यसै साता भएको भिडन्तका क्रममा एक सय बालबालिकासहित ४३७ सर्वसाधारणको मृत्यु भएको थियो ।

सो इलाकामा एसडिएफ लडाकुका करिब ३ सय जना मारिएका थिए भने ठूलो संख्यामा आईएस लडाकु मारिएको बताइएको छ । सरकारी सुरक्षाकर्मीले योसँगै आईएसको युरोपेली मुलुक छिर्ने मुख्य बाटो बन्द भएको जनाएका छन् ।