
काठमाडौं । महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सदभावना पार्टीका सहअध्यक्ष रामचन्द्र कुशवाहा पार्टीबाट निष्कासित भएका छन् ।
पार्टी हित विपरीत कार्य गरेको भन्दै तमसपाले कुशवाहालाई पार्टीको जिम्मेवारीबाट मुक्त गरेको हो ।
कुश्वाहाले पार्टी र पार्टी आवद्ध रहेको मोर्चाको हित बिपरित कार्य गरेकाले उनलाई पार्टीबाट निष्कासन गरिएको अध्यक्ष यादवले शनिवार बिज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
तमसपाको कार्य सम्पादन समितिको आकस्मिक बैठकले कुशवाहालाई पदमुक्त गर्ने निर्णय गरेको सो पार्टीले जनाएको छ ।
पार्टी सहअध्यक्ष कुशवाहालाई साउन २९ गते बसेको तमसपाको कार्य सम्पादन समितिको आकस्मिक बैठकले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादवले जानकारी दिए ।
पार्टीको जिम्मेवार पदमा रही पदीय आचरण निर्वाह नगरी पार्टी हितविपरित कार्यमा संलग्न रहेकोले पार्टीको सबै जिम्मेवारीबाट मुक्त गरिएको यादवले शनिवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तर कुशवाहाले भने आफूले यसअघि नै पार्टीबाट राजिनामा दिइसकेको बताएका छन् । पार्टीबाट राजिनामा दिई स्वतः निस्किसकेकालाई निश्कासन गरिएको भन्नुको अर्थ नभएको कुशवाहाले बताए । तमसपा अध्यक्ष महेन्द्र राय यादव पूर्व शिक्षा मन्त्रि हुन । यादव नेतृत्वको तमसपा मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध छ ।