जनताको पक्षमा काम गर्न दाहाललाई वैद्यको सुझाव

जनताको पक्षमा काम गर्न दाहाललाई वैद्यको सुझाव

mohan baiddhya-pushpakamal

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गर्न शनिबार बालुवाटार पुगेका थिए ।

वैद्यले दाहाललाई भेट गरी दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिएको दाहालको निजी सचिवालयले जनाएको छ ।

शनिबार दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी वैद्यले प्रधानमन्त्रीलाई कार्याकालको सफलताको शुभकामनासमेत दिए ।

उनले जनताकाे पक्षमा काम गर्न समेत दाहाललार्इ सुझाए । भेटमा प्रधानमन्त्रीले बधाई ज्ञापन गरेकोमा क्रान्तिकारी माओवादीका अध्यक्षलाई धन्यवाद दिएका थिए ।