पोखरा । नेकपा (क्रान्तिकारी माओवादी) तमुवान राज्य संयोजन समितिको बैठक पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा राज्य संयोजन समितिका संयोजक श्रीनाथ अधिकारी‘श्याम’को अध्यक्षतामा मंगलबार पोखरास्थित राज्य संयोजन समितिको कार्यालयमा सम्पन्न भएको छ । सो बैठकले आगामी भाद्र ८ गते बुटवलमा पार्टी केन्द्रद्वारा आयोजना गरिएको केन्द्रीय प्रक्षिणमा राज्य सदस्यहरुलाई सहभागी गराउने, केन्द्रबाट निर्देशन गरिएको भाद्र १५ गते सुकुम्बासीमाथि राज्यले गरेको दमनविरुद्धको विरोध प्रदर्शन गर्ने, भाद्र २४ गतेको माथिल्लो कर्णाली सम्झौता विरुद्ध प्रदर्शनलाई सबै जिल्लाहरुमा सम्पूर्ण गर्ने, जबस मोर्चाका सबै कार्यक्रमहरुलाई राज्यको सापेक्षतामा कार्यान्वयन गर्न सहयोग गर्ने आदि निर्णय गरेको छ ।