निलम्बित सांसद ल्हारक्याल एक करोड धरौटीमा छुटे

निलम्बित सांसद ल्हारक्याल एक करोड धरौटीमा छुटे

lyarker lamaकाठमाडौं । नेकपा माओवादी केन्द्रका निलम्बित सांसद ल्हारक्याल लामा एक कराेड धराैटी बुझाएर छुटेका छन् । 

विशेष अदालतका न्यायाधीश मोहनरमण भट्टराई, भूपेन्द्रप्रसाद राई र प्रभा बस्नेतको इजलाशले बुधबार लामासँग सो रकम धरौटी माग गरेको थियाे । 

गैरकानुनी सम्पति आर्जन गरेको मुद्दामा नेकपा माओवादी केन्द्रका निलम्बित सांसद ल्हारक्याल लामासँग विशेष अदालतले एक करोड धरौटी माग गरेको थियाे । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा दायर गरेको मुद्दामा सुनुवाई हुँदा निलम्बित सांसद लामालाई सो रकम धरौटी माग गरिएको हो ।

आयोगले लामाले गैरकानुनी रुपमा नौ करोड २४ लाख बराबर सम्पत्ति आर्जन गरेको उल्लेख गरी गत वैशाख ३० गते मुद्दा दायर गरेको थियो ।

लामा तत्कालिन एकीकृत नेकपा माअाेवादीबाट सांसद बनाइएका हुन् । एमालेबाट दाेहाेराे नागरिकताकाे विवादमा कारबाहीमा परेका लामालार्इ माकेका अध्यक्ष दाहालले माेटाे रकम लिएर सांसद बनाएकाे अाराेप छ ।