चितवन । अखिल (क्रान्तिकारी) जिल्ला कार्यसमिति चितवनको विस्तारीत बैठकले पुनः अमृत चापागाईको नेतृत्वमा २५ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको छ ।
बैठकले सचिवमा अमित सापकोटा र कोषाध्यक्षमा अर्जुन बिष्ट चयन गरेको छ ।
नेकपा (क्रन्तिकारी माओवादी) चितवन जिल्ला सचिव तथा अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष सुरेश गौतमको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा पार्टीका केन्द्रिय सल्लाहकार घननाथ सापकोटा, फ्याक्सन इन्चार्ज अशोक शर्माको उपस्थिति रहेको थियो ।