रुसले टर्कीलाई दियो व्यापारिक सम्बन्ध पुनःस्थापित गर्ने वचन

रुसले टर्कीलाई दियो व्यापारिक सम्बन्ध पुनःस्थापित गर्ने वचन

putin_erdhandsepaएजेन्सी । रुसले टर्कीलाई व्यापारिक सम्बन्ध पुनस्थापित गर्ने वचन दिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँग सेन्ट पिटर्सबर्गमा भएको भेटका क्रममा सो वचन दिएका हुन् ।

पछिल्ला केही महिनादेखि चिसिएको सम्बन्ध सुधारको प्रयासस्वरूप मंगलबार नै टर्कीका राष्ट्रपति एर्दोगान रुस भ्रमणका लागि सेन्ट पिटर्सबर्ग पुगेका हुन् । 

जुलाई १५ मा टर्कीमा सेनाले गरेको सत्ताकब्जाको असफल प्रयासपछि पहिलोपटक राष्ट्रपति एर्दोगान विदेश भ्रमणमा निस्किएका हुन् । गत वर्षको नोभेम्बर महिनामा टर्कीले रसियाली सेनाको हेलिकोप्टर खसाएपछि रुस र टर्कीबीचको सम्बन्ध चिसिएको थियो । 

टर्कीमा असफल सत्तापलटमा संलग्न भएको आरोपमा हजारौं सैनिक न्यायाधीश, शिक्षक, कर्मचारीलगायतलाई गरिएको बर्खास्तगी र टर्कीमा मृत्युदण्डको सजाय पुनर्जीवित गर्ने तयारीलाई लिएर युरोपेली युनियन र पश्चिमा मुलुकहरूले कडा आलोचना गरिरहेका बेला एर्दोगान रुस भ्रमणमा गएका हुन् । 

टर्कीले रसियाको सु–२४ जेट खसाएपछि रुसले टर्कीसँगको व्यापारिक सम्बन्ध तोड्नुका साथै रसियनहरूलाई टर्की भ्रमणमा प्रतिबन्ध लगाएको थियो । गत जुलाईमा भएको असफल सत्ताकब्जाको प्रयासपछि रसियाले टर्कीलाई सहयोग गर्ने वचन दिएको थियो ।