भारतको अरुणाञ्चलका पूर्वमुख्यमन्त्रीले गरे आत्महत्या

भारतको अरुणाञ्चलका पूर्वमुख्यमन्त्रीले गरे आत्महत्या

kalikho-pul-chief-ministerएजेन्सी । भारतको अरुणाञ्चलका पूर्व मुख्यमन्त्री कालिखो पुलले घरमै झुन्डिएर आत्महत्या गरेका छन् ।

केही समयका लागि अरुणाञ्चलको मुख्यमन्त्री पद सम्हालेका उनले आत्महत्या गरेको बताइएको छ । 

अरुणाञ्चल प्रहरीका एक वरिष्ठ अधिकारीले ४७ वर्षीय पुल आफ्नै बेडरुममा माथि झुन्डिएको अवस्थामा भेटिएको जनाएका छन् । उनका तीन मध्ये एक श्रीमतीले उनलाई मंगलबार बिहान घरमा मृत फेला पारेकी थिइन् । 

उनका तीन श्रीमती र चार सन्तान छन् । उनको मृत्युको कारण अझै पत्ता लाग्न सकेको छैन । उनको स्थानमा केही समयअघि मात्रै पेमा खान्डु मुख्यमन्त्री बनेका थिए । 

अरुणान्चल प्रदेशमा कालिखोले गत १९ फेब्रुअरीमा भारतीय जनता पार्टीसँग मिलेर सरकारको नेतृत्व गरेका थिए ।

जुलाईमा उच्च न्यायालयले नबाम तुकीलाई बहाली गरेपछि उनले पेमा खान्डुलाई १०औं मुख्यमन्त्रीका रूपमा बाटो खुला गरिदिएका थिए । कालिखो करिब ६ महिना अरुणाञ्चल प्रदेशको मुख्यमन्त्री बनेका थिए ।