काठमाडौं । श्रावण २४ मा सम्पन्न क्रान्तिकारी पत्रकार महासंघको प्रथम राष्ट्रिय सम्मेलनले पत्रकार इन्द्र राउतलाई अध्यक्षमा निर्वाचित गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सम्मेलनले उपाध्यक्षमा नारायण पंगेनी, महासचिवमा केशरमणी कटुवाल, सचिवमा रामकुमार श्रेष्ठ, कोषाध्यक्षमा अमीरमैया रन्जितकारलाई निर्वाचित गरेको छ । नवनिर्वाचित अध्यक्ष राउतले जारी गरेको प्रेस नोटका अनुसार सम्मेलनले ५१ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।
सम्मेलनसकिए लगत्तै बसेको नयाँ कार्यसमितिको बैठकले सचिरनन्द महर्जन र लोकराज जैसीलाई केन्द्रीय कार्यालयमा मनोनयन गरेको छ भने गोर्की श्रेष्ठ, रामचन्द्र हुमागाईं, कुमार शाह, जयन्ती लुइटेल र टेकबहादुर मास्केलाई महासंघको सल्लाहकारमा थप गरेको छ ।
श्रावण २५ मा जारी प्रेस नोटमा जनाइएको छ, सम्मेलनबाट तीनवटा समितिहरु गठन गरिएको छ । जसमा अनुशासन समिति संयोजक ः कुमार शाह, प्रशिक्षण समिति संयोजक ः टेकबहादुर मास्के र लेखा समित संयोजक ः जयन्ती लुईटेल रहेका छन् । बैठकले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, साना लगानीका सञ्चारमाध्यमको संवद्र्धन, जनपक्षीय पत्रकारिताको पक्षमा खरो रुपमा उत्रने निर्णय गरेको जारी प्रेस नोटमा जनाइएको छ ।