हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न समिति गठन

प्रकाशित मिति : २०७३ श्रावण २५

Fishtail-Air
काठमाडौँ। सरकारले फिस्टेल एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न तत्कालीन हवाई विभागका महानिर्देशक हरिभक्त श्रेष्ठको अध्यक्षतामा चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिका सदस्यमा नेपाली सेनाका प्रमुख सेनानी तथा हेलिकप्टर पाइलट सुवास थापा र सिम्रिक एयरका इन्जिनियरिङ निर्देशक विष्णु बस्न्यात सदस्य र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य सदस्यसचिव रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए।

सो छानबिन समितिलाई तीन महिनाभित्र सत्य÷तथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्र्न समय दिइएको छ । गोरखाबाट पाँच दिनकी सुत्केरीलाई लिएर सोमबार काठमाडौैँ आउँदै गरेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना हुँदा त्यसमा सवार सातै जनाको मृत्यु भएको थियो ।