क्रान्तिकारी माओवादी भोजपुरामा संगठन विस्तार

क्रान्तिकारी माओवादी भोजपुरामा संगठन विस्तार

बीरगञ्ज । एउटा हिस्सा पार्टीको नीति, सिद्धान्त र कार्यदिशाबाट पलायन भई पार्टी छोडेर हिंडेपछि नेकपा (क्रान्तिकारी माओवादी)को भोजपुरा राज्यमा संगठन पुनर्गठन तथा विस्तार भएको छ । हाम्रा स्थानीय संवादताताका अनुसार सो राज्यन्तर्गत पर्ने बारा, पर्सा र रौतहटमा पार्टी पुनर्गठन गरिएको छ ।
प्राप्त समाचार अनुसार पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा भोजपुरा राज्य इन्चार्ज चन्द्रहरि सुवेदी‘अटल’को उपस्थितिमा पर्सा जिल्लामा ईस्लाम ह्वारीको नेतृत्वमा २५ सदस्सीय, बारामा दिवाकर न्यौपानेको नेतृत्वमा २५ सदस्सीय र रौतहटमा प्रल्हाद साहको नेतृत्वमा २५ सदस्सीय जिल्ला संगठन समितिहरु पुनर्गठन गरिएको छ । बारामा १५ सदस्सीय सल्लाहकार समिति पनि निर्माण गरिएको छ ।
त्यसैगरी, भोजपुरा राज्यमा क्रान्तिकारी युवा लीगको पनि संगठनात्मक गतिविधि बढेको छ । प्राप्त समाचार अनुसार भोजपुरा राज्यका संयोजक रुपेश पोखरेलको नेतृत्वमा बारामा, अमरेन्द्र आनन्दको नेतृत्वमा पर्सामा र उपेन्द्र साहको नेतृत्वमा रौतहटमा युवा लिंगका जिल्ला संगठन समितिहरुको निर्माण गरिने जनाइएको छ । अन्य जबस–मोर्चाहरुको संगठनात्मक गतिविधिहरु पनि भइरहेको त्यहाँको राज्य पार्टी कार्यालयले जानकारी दिएको छ ।