बाबु छोरा धनलक्ष्मी राष्ट्रिय स्क्वासको सेमिफाइनलमा

बाबु छोरा धनलक्ष्मी राष्ट्रिय स्क्वासको सेमिफाइनलमा

Squashकाठमाडौं । बाबु हीराबहादुर थापा र छोरा अमृत थापा मगर धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

हीराले अमिर ब्लोनलाई ११–६, ११–२ र ११–५ तथा अमृतले राजेन्द्र शाक्यलाई ११–८, १३–११ र ११–६ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धामा अरहान्तकेशर सिंहले ज्ञानु चौधरीलाई ११–२, ११–४ र ११–९ को सीधा सेटमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

भेट्रान्स ५० वर्षमाथि पुरुष सिंगल्समा प्रेम सिंहले वीरबहादुर नेपाललाई ११–५, ६–११, ११–९ र ११–८ तथा लालबहादुर गुरुङले कुलेश थापालाई ११–८, ११–४, ११–१३ र ११–७ को सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

यो स्पर्धामा मनोजबहादुर श्रेष्ठ र महेन्द्र महर्जन यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । जुनियर यु–१७ ब्वाइज सिंगल्सको सेमिफाइनलमा अमिर ब्लोनले विजय मगर तथा दीपक थापाले विक्रम मगर विरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै जुनियर यु–१३ ब्वाइज सिंगल्सको सेमिफाइनल सुवास गिरी र गोपाल थापा तथा रन्जित थापा र गेल्जी तामाङबीच हुनेछ ।