काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाइ तथा शुभकामना दिएका छन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर बधाई एवम् सफल कार्यकालका लागि शुभकामना दिएका हुन् ।
भारतीय प्रधानमन्त्री मोदीले बधाईकै क्रममा नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको निम्तोसमेत दिएका छन् ।
यस्तै, काठमाडौंस्थित चिनियाँ राजदूत ऊ चुन्ताईले पनि दाहाललाई शुभकामना दिएका छन् । बुधबार दाहाल निवास लाजिम्पाटमा पुगेर चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र चिनियाँ जनताका तर्फबाट बधाई तथा शुभकामना दिएका हुन् ।