दाहालले विहीबार प्रधानमन्त्रीको सपथ लिने

दाहालले विहीबार प्रधानमन्त्रीको सपथ लिने

prachanda_puspakamal dahal

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले विहीबार पद तथा गोपनियताको सपथ लिने भएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा विहीबार अपराह्न ३ बजे आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिएको छ ।

व्यवस्थापिका–संसद्मा बुधबार भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल प्रधानमन्त्रीमा बहुमतले निर्वाचित भएका हुन् ।