प्रहरीका पाँच एसपीको बढुवा

प्रहरीका पाँच एसपीको बढुवा

nepal policeकाठमाडौं । नेपाल प्रहरीका पाँच प्रहरी उपरिक्षक (एसपी) प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) मा बढुवा भएका छन् ।

बढुवा समितिले नेपाल प्रहरीका पाँच एसपीलाई एसएसपीमा बढुवाको सिफारिस गरेको हो । समितिको सोमबारको निर्णय अनुसार बरियताको तेस्रो नम्बरमा रहेका ठाकुरप्रसाद ज्ञवाली पहिलो नम्बरमा बढुवा भएका छन् भने बरियताको पहिलो नम्बरमा रहेका तारिणी लम्साल दोश्रो नम्बरमा सिफारिस भएका छन् ।

बढुवा सुची अनुसार तेस्रो नम्बरमा हरिभक्त प्रजापती, चौथो नम्बरमा बिक्रम गुरुङ र पाचौं नम्बरमा सुर्यप्रसाद उपाध्यायको नाम बढुवाको लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।