प्यूठान । पहिरोले घर बगाउँदा प्युठानमा एकै घरका ५ जनाको मृत्यु भएको छ ।
प्युठानको रजवारा–३ नेटामा सोमवार रातीको पहिरोले स्थानीय दुर्गाबहादुर मल्लको घर बगाउदा उनीसहित तीन छोरी र श्रीमतीको घटनास्थलमै मृत्यु भएको मृत्यु भएको स्थानीयवासीले जानकारी दिए ।
अन्दाजी ४५ वर्षीय दुर्गा मल्ल, ४० वर्षीया श्रीमती सीता मल्ल , १० वर्षकी छोरी सुशीला, ७ वर्षीया लेखा र डेढ वर्षीया सृजना मल्लको मृत्यू भएको घटनास्थलबाट प्रहरीले जानकारी दिएको छ । आठ जनाको उक्त परिवारमा अन्य तीन छोराछोरी छिमेकीको घरमा बस्न गएकाले सुरक्षित रहेको बताइएको छ ।
अहिले उद्धारा लागी जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक रंजितसिँह राठौँर सहितको टोली घटनास्थल पुगेको छ ।
बाग्लुङको सिमानासँग जोडिएको दुर्गम गाविस रजवारा, सरमुकाम खलंगादेखि १७ कोष टाढाको दुरीमा पर्छ । घटनावारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायव उपरिक्षक राठौँरले बताए ।
यस्तै प्युठानकै अर्को घटनामा पूँजा–३ बाग्लीवाङमा घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यू भएको छ ।