इटलीलाई पराजित गर्दै जर्मनी युरोकपको सेमिफाइनलमा

germeny

काठमाडौं । इटलीलाई टइब्रेकरमा पराजित गर्दै विश्वकप च्याम्पियन जर्मनी युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ।
फ्रान्सको बोर्डोमा आइतबार बिहान भएको खेलको निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट टुंगो लागेको हो । टइब्रकेरमा जर्मनी ५-६ गोल अन्तरले विजयी भयो।

यसअघि टाइब्रेकरमा जर्मनीका थोमस मुलर, ओजिल र स्वाइन्सगाइटर गोल गर्न चुके भने इटलीका जाजा, पेले र बोनुचीले पनि गोल गर्न सकेनन् । सडन डेथ लगातार तीन पेनाल्टीमा दुबै टोलीले गोल गरे। इटलीका गिआचेरिनी, पारोला र डि सिलिओले गोल गरे भने जर्मनीका हृयामल्स, किमिच र बोटेङले गोल गरेका थिए। 

नवौं प्रहारमा इटलीका डर्मिअन चुके । उनको प्रहार जर्मन गोलकिपर नुयुरले रोके। लगतै जोनस हेक्टरले गोल गर्दै विश्व विजेता जर्मनीलाई युरोपियन च्याम्पियनसिपको अन्तिम चारमा पुर्‍याए।

खेलको निर्धारित ९० मिनेटभित्र इटलीलाई केही दबाबमा राखेको जर्मनीका लागि ६५ औं मिनेटमा ओजिलको गोलबाट अग्रता लिएको थियो।तर, ७८ औं मिनेटमा इटलीले पेनाल्टीमार्फत गोल फर्काएर खेल बराबरीमा बनायो । जर्मन डिफेण्डर जेरोमी बोटेङले डी एरियामा हृयाण्ड गरेपछि पाएको पुनाल्टीको सदुपयोग गर्दै इटलीका बोनुचीले गाले गरेका थिए।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकियो । थपिएको ३० मिनेटको खेलमा पनि दुबै टोलीबाट गोल हुन नसकेपछि भएको टाइब्रेकरमा जर्मनी मुश्किलले विजयी भएको हो । जर्मनीले आयोजक फ्रान्स र आइसल्याण्डको विजेतासँग सेमिफाइनल खेल्नेछ।