राष्ट्रपतिद्वारा नयाँ सरकार गठनको आह्वान

राष्ट्रपतिद्वारा नयाँ सरकार गठनको आह्वान

biddhya bhandariकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले सोमबार साँझ विज्ञप्ति जारी गर्दै सहमतीय सरकार गठन गर्न राजनीतिक दलहरुलाई आह्वान गरेकी हुन् ।

संविधानको धारा २९८ को उपधारा २ अनुसार सात दिनभित्र सहमतीय सरकार गठन गर्न राष्ट्रपति भण्डारीले दलहरुलाई आहृवान गरेकी हुन् । सरकार गठनका लागि आहृवान गर्नु अघि बाधा अड्काउ फुकाउ आदेश जारी भएको थियो ।

नयाँ सरकार गठनको आह्वान गर्नुअघि उनले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै परामर्श लिएकी थिइन् ।