बाबुरामको ट्वीटर हेण्डिलबाट लालध्वज आउट

बाबुरामको ट्वीटर हेण्डिलबाट लालध्वज आउट

baburam-bhattaraiकाठमाडौं । पूर्व माओवादी नेता डा.बाबुराम भट्टराईले आफ्नो ट्वीटर हेण्डिलबाट ‘लालध्वज’ हटाएका छन् । माओवादी युद्धकालकाबेला भट्टराईको पार्टीको उपनाम लालध्वज थियो ।

पार्टीमा लालध्वज नाम भए पनि बाबुरामबाट नै स्थापित भएका उनले शान्ति प्रक्रियामा आएको लामो समयपछि शुरु गरेको ट्वीटर ह्याण्डिलमा बीआरबीको पछाडि लालध्वज जोडेका थिए ।

भट्टराईले ट्वीटरमा लालध्वज जोडेको भन्दै उनको आलोचना पनि भएको थियो । तर त्यसको बेवास्ता गर्दै सामाजिक सञ्जालको बढी नै प्रयोग गर्ने गरेका भट्टराईका ४ लाख ७४ हजार छन् ।

माओवादी परित्याग गरी मुलुकको समृद्धि मात्रै आफ्नो एक मात्र एजेण्डा भन्दै माक्र्सवादी विचारलाई नै परित्याग गरेका भट्टराईले ट्वीटर ह्याण्डिलबाट पनि माओवादी युद्धकालको नाम हटाएका छन् ।

baburam tweet