सरकार र डा. गोबिन्द केसी बीचमा आइतवार चार–बुंदे सहमति भएको छ । यो सहमतिपछि आज सोमवारबाट केसीले अनसन तोड्ने आशा गरिएको छ ।
विवादित मनमोहन मेमोरियल मेडिकल कलेजलाई अन्ततः वीर अस्पतालले खरिद गरी सरकारी स्वामित्वमा सञ्चालन गर्ने भएपछि केसी र सरकारबीच आइतवार चारबुँदे सम्झौता भएको हो ।

Dr.Gobinda-KC
 आठौं अनसनको १५औं दिन आइतबार राति डा. केसी र सरकारी वार्ताटोलीबीच टिचिङ अस्पतालमै भएको सम्झौता हस्ताक्षरमा केसी आफैले हस्ताक्षर गरेका थिए । सरकारका तर्फबाट भने स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले हस्ताक्षर गरेका थिए ।  

यो सम्झौतासँगै आज सोमबार डा. केसीले आधा महिना लामो अनसन तोड्ने भएका बताइएको छ । संझौता गर्दाको बखत नै अनसन तोड्न उपस्थितले अनुरोध गरे पनि उनले भने समर्थक तथा शुभचिन्तक सबैसंग सोधेर मात्र अनसन तोड्ने केसीले बताएका थिए ।

सरकार र केसीबीच भएको चाबुंदे सम्झौताअनुसार मनमोहन अस्पतालको स्वयम्भुस्थित भवन र दहचोकस्थित बेसिक साइन्स भवन वीर अस्पतालअन्तर्गत सञ्चालित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले खरिद गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर