गाँस्लान् दाहालले सङ्घीयता विरोधीसँग लगनगाँठो ?

गाँस्लान् दाहालले सङ्घीयता विरोधीसँग लगनगाँठो ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर ओलीमाथि खनिदा भनेका थिए– ओली सरकारको लगनगांठो सङ्घीता विरोधीहरुसंग गांसिएको छ । अब अवस्था त्यसो रहेन । केपी ओलीले आइतबार नै प्रधानमन्त्रीको जिम्मेवारीबाट राजीनामा दिएका छन् । र, अब ओली सरकार नयां सरकार नबन्दासम्म कामचलाउ बनेको छ ।

अब नयां सरकार गठनको जिम्मा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसमाथि आइपरेको छ । यति नै बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले इङ्गित गरेका सङ्घीयता विरोधीहरुले पनि अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने र सरकारको विरुद्धमा उभिने  निर्णय गरी सरकारबाट बाहिरिएका छन् ।

यहां प्रश्न उठेको छ, सरकाबाट बाहिरिएका यी सङ्घीयता विरोधीहरुसंग सरकार गठनका नाममा संघीयतावादी दाहालले लगन गांठो कस्ने हुन् कि होइनन् ? धेरैको तर्क छ– ‘दाहालको चुरीफुरी यहीनेरबाट समाप्त हुने छ’ । यदि दाहालले यसै गर्न पुगे भने ‘मियांकी जुती मियाकी शरपर’ हुने निश्चत छ ।

अचम्मको कुरा त के छ भने आफैले नौ महिनाअघि प्रधानमन्त्रीमा प्रस्ताव गरेका केपी शर्मा ओलीबारे दाहालले नयाँ रहस्यका रुपमा यस्तोे खाले कुरा बोलेर ताली खाएका पनि थिए । अब तिनै संघीयता विरोधीहरुसंग आफैले लगनगांठो कस्न पुगेमा दाहालले गाली खांदै आफैले अविश्वासको प्रस्तावको पगरी गुथ्न पाउने त होइनन् ?