काठमाडौं । ब्यवस्थापिक संसदको बैठकले आर्थिक विधेयक अस्वीकृत गरेको छ । संसदको बहुमतले उक्त विधेयक अस्वीकृत गरेको हो ।
विधेयक प्रस्तुत गर्ने क्रममा सभामुख ओनसरी घर्तीले विधेयकहरु निर्णायार्थ पेश गर्ने क्रममा गडबडी गरेको भन्दै सांसदहरुले होहल्ला गरेका थिए ।
यसअघि सांसद प्रेम सुवाल र डिल्लीप्रसाद काफ्लेले पेश गरेको संशोधन प्रस्ताव पनि बहुमतले अस्वीकृत भएको सभामुख ओनसरी घर्तीले जानकारी दिएकी थिइन् । ।
ब्यवस्थापिका संसदको बैठकमा बजेट आश्रित विधेयक र अविश्वासको प्रस्ताव कुन पहिला कार्यसूचीमा राख्ने भन्नेमा दलहरुबीच विवाद थियो ।
आर्थिक विधेयक पहिले प्रस्तुत गरेपछि अविश्वासको प्रस्ताव पेश गर्ने प्रमुख तीन दलबीच सहमति भएपछि शुक्रबार अपरान्ह साढे ४ बजेदेखि व्यवस्थापिका संसदको बैठक सूचारु गरिएको थियो ।