इलाम नेपालको धेरै संभावना बोकेको र हाल मात्रामा हेर्दा पनि बढि पूर्ण तयारी गरिएको राम्रो पर्यटकीय क्षेत्र हो । नेपाल आफैमा पनि जैविक तथा वानस्पतिक विविधताकोे कारण पर्यटकीय देश नै हो । त्यसमा पनि पूर्वी पहाडहरु एक नम्बरमा नै पर्न आउंछन् ।
इलामको पशुपति नगर नेपालको पूर्वी पर्यटकीय द्वार पनि हो । यदि यहाँबाट पर्यटकका लागि नेपाल भित्रन राम्रो व्यवस्था गरियो भने हरेक वर्ष दार्जिलिङ घुमेर फर्कने हजारौं विदेशी पर्यटकहरु नेपाल आउन सक्ने छन् ।