लुजियाना गोलिकाण्डको पाठ के ?

लुजियाना गोलिकाण्डको पाठ के ?

Lusiana shootअमेरिकाको लुजियानामा भएकोे तीनजना प्रहरीमाथिको गोली प्रहार र तिनको मृत्युले अमेरिकीहरुमाझ धेरै बहस ल्याएको छ । यो बहसले राष्ट्रपतीय निर्वाचनलाई समेत असर पार्ने संभावना बढेर गएको छ ।

राष्ट्रपति निर्वाचनका उम्मेदवारहरु हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प यस घटनाको बारेमा परस्पर विरोधी मतहरु सार्वजनिक गरिरहेका छन् । यो घटना ब्याटन रगमा एकजना अश्वेत नागरिकलाई श्वेत प्रहरीहरुले गोली हानी मारेपछि बदलास्वरुप घटेको थियो ।

हिलारी क्लिन्टनले अमरिकी–अफ्रिकीरुमाथि हुने विभेद र हत्या नरोकिंदासम्म आफूहरु सहजै बस्न नसक्ने प्रतिक्रिया दिएकी छन् भने ट्रम्पले यो सबै हुनुको दोष राष्ट्रपति बराक ओबामालाई लगाका छन् । उनले यसो हुनुमा नेतृत्वको असफलताको कारण भएको सार्वजनिक टिप्पणी गर्दै भाषण गर्ने गरेका छन् ।

बराक ओबामाले भने यस्तो विभाजनकारी भाषा नबोल्न र अमेरिका विरोधी अभिव्यक्ति नदिन ट्रम्पलाई सचेत गराएका पनि गराउने गरेका छन् ।

अमेरिका प्रजातन्त्र र मानवअधिकारको संरक्षण र संवद्र्धनमा विश्वमा पहिलो देश मानिन्छ । विश्वमा जहां पनि उदाहरण दिंदा अमेरिकाको नाम पहिले लिन लगाइन्छ । तर अहिले अमेरिकाभित्र हुने गरेको नीतिगत र संस्थागतका साथै साम्प्रदायिक रङ्गभेदी विभेद र त्यसको व्यवहारिक अभिव्यक्तिको विरुद्धमा अमेरिकाभर नै हिंसात्मक प्रदर्शनहरु भइरहेका छन् ।

अमेरिकाकै एउटा सहर ब्याटन रगमा करिब दुई हप्ता अगाडि एकजना अश्वेतमाथि श्वेत प्रहरीले गोली हानी हत्या गरेपछि यस्तो खाले साम्प्रदायिकताले टाउको उठाएको थियो । त्यसले मिनेसोटा सहरमा एक निशानेवाज अश्वेतले हानेको गोली लागेर श्वेत प्रहरीहरुको मृत्यु भएको थियो । निशानेवाजलाई प्रहरीले घटनास्थलमा नै मारिदिएका थिए । यसले श्वेत र अश्वेत बीच अमेरिकाव्यापी प्रदर्शनको आगो फैलाएको थियो ।

त्यसपछि लुजियानामा फेरि पांचजना श्वेत प्रहरीको ज्यान जाने गरी यस घटनाले बदलाको स्वरुप धारण गरेको थियो । त्यहां पनि निशानेवाज अश्वेतलाई गोली हानेर मारेपछि बदलाको आगोले श्वेत र अश्वेतबीच भिडन्तको वातावरण सिर्जना गरेको छ । सरकारी तथा स्वतन्त्र व्यक्तिहरुले आआफ्ना मत दिने क्रम त जारी छ, तर यो रङ्गभेदी साम्प्रदायिक भिडन्तलाई कमी गर्ने गरी न त सरकारले सोच्न सकेको छ, न त कुनै संस्थागत पहल नै भएको छ ।

विदेशी भूमिमा साम्प्रदायिकताको खेती गरेर स्रोतसाधन आफ्नो हातमा पारी ब्रह्मलुटको अर्थतन्त्रमा रमाएका अमेरिका लगायतका साम्राज्यवादी देशहरु अब भने साम्प्रदायिक पीडाको आहालमा डुबुल्की मार्दै छन् ।

यसबाट उनीहरुले सिक्नुपर्ने पाठ भनेको विदेशी भूमिमा आफ्ना स्वार्थका लागि हालसम्म प्रयोगमा ल्याइएको अस्त्र वा साम्प्रदायिकताको खेती गर्न बन्द गर्नु हो । आफ्नै पौरखमा बांच्न सिक्नु हो र आफ्नै देशका जनतामाझ प्रजातन्त्र र मानवअधिकारको प्रत्याभूति गराउनु हो ।