बुटबल । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) जिल्ला समिति रुपन्देहीले श्रावण महिनाभरि संसद र संसदीय व्यवस्थाको भण्डाफोर गर्ने भएको छ । पार्टीको सम्पन्न राष्ट्रिय भेला तथा केन्द्रीय समितिको निर्णय अनुसार पार्टीले रुपन्देहीमा भण्डाफोर अभियान संञ्चालन गर्ने भएको हो । पार्टीको अवध राज्य, जिल्ला सचिवालय तथा जिल्ला समितिको श्रावण २ मा बुटवलमा सम्पन्न विस्तारित बैठकले श्रावण महिनाभरि जिल्लामा संसदीय व्यवस्थाको भण्डाफोर तथा पार्टी सुदृढाीकरण अभियान सञ्चालन गर्ने भएको छ ।
क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य प्रेम सुवेदीले दिएको जानकारी अनुसार बैठकले रुपन्देहीका सबै निर्वाचन क्षेत्रमा पार्टीको भेला प्रशिक्षण तथा संसदीय व्यवस्थाको भण्डाफोरसम्बन्धी कार्यक्रमहरु राखिएका छन् । यसका साथैं बैठकले रुपन्देही जिल्लाका सात वटा निर्वाचन क्षेत्र र ११ वटै इलाकामा इन्चार्ज र सेक्रेटरी तोक्ने काम पनि गरिसकेको छ ।
पार्टीका जिल्ला संयोजक भुलबहादुर सुनारीको अध्यक्षता र सचिवालय सदस्य के.जी.कुमार पौडेलको सञ्चालनमा सम्पन्न भएको सो बैठकमा क्रान्तिकारी बिचारबाट बिचलित माओवादी केन्द्र विसर्जनको बाटोमा अघि बढेको तर्क नेता सुवेदीले प्रस्तुत गरेका थिए भने अर्का केन्द्रीय सदस्य अशोक लम्साल (अनुकूल)ले कम्युनिष्टहरु संसंदवादी हुनै नसक्ने दावी गर्दै क्रान्तिकारी माओवादी बाहेक सबैं संसदवादी भएको र तिनको भण्डाफोर गर्नुपर्नेमा जोड दिएका थिए ।