बारोबो मोबोट एउटा सानो आकारमा तयार पारिएको रोबोट हो । यसलाई जहां पनि सजिलै लिएर जान सकिन्छ । सानो झोलामा अट्न सक्ने यो निम्न माध्यमिक तथा माध्यमिक विद्यालयहरुमा अध्ययन तथा अध्यापनका लागि निकै लोकप्रिय बन्दै गइरहेको छ । विज्ञान प्रविधिले शिक्षाको क्षेत्रमा पछिल्लो चरणमा पुर्याएको योगदानको रुपमा यसको निकै उपयोग हुन थालेको छ ।

Barobo-Mobot
यसलाई बढि भन्दा बढि विज्ञान तथा प्रविधिको अध्ययन अध्यापनका क्षेत्रमा प्रयोग गरिएको पाइएको छ ।  यसले तालीम, वर्कशप, छलफल तथा बहसका बेला पनि राम्रो सहयोग पुर्याएको स्वीकार गरिएको छ । इञ्जिनियरिङको अध्ययन अध्यापन तथा कक्षाहरुमा यसको तारिफ नै हुन थालेको छ ।

विषय विशेषज्ञहरुको आफ्नो रुची वा आवश्यकताअनुसार यसलाई प्रयोग गर्न सकिन्छ । यसभित्र सफ्ट वेयर कार्यक्रम राखेर निर्देशन गरे अनुरुपका गतिविधि यसले सजिलैसंग गर्दछ । आवश्यकता अनुसार यसले आफ्नो आकारमा सजिलै परिवर्तन ल्याउंछ र चाहेको वा इच्छ्याइएको कुरा अभिव्यक्त गरी सहयोग गर्दछ । यो हिंड्न, तन्कन, खुम्चन, गुड्न र स्थिर भएर रहन पनि सक्दछ । यी सबै कामहरु यसले बुझाउने र बुझ्न सक्ने गरी गर्दछ ।
यसको हाल बजार मूल्य २७० डलर राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर