इस्तानबुल । टर्कीमा शनिवार सेनाले गरेको ‘कू’ को प्रयास असफल भएको छ ।
राष्ट्रपति रेचप तैयब एर्दोआनका कार्यकर्ताहरु सडकमा उत्रिएर प्रतिरोध गरेपछि ‘कू’को प्रयास बिफल भएको हो ।
सैनिक कू पछि भएको प्रतिरोधको क्रममा सेना र सर्वसाधारण गरी २ सय ६५ जनाको मृत्यु भएको पनि टर्कीका प्रधानमन्त्री बाइन इल्दिरिमले बताए ।
सैनिक ‘कू’को प्रयास गर्ने उच्च सैनिक अधिकारीसहित २ हजार ८ सय ३९ जना विद्रोही सेना नियन्त्रणमा लिइएको टर्कीका प्रधानमन्त्री बाइनलाई उद्धृत गर्दै अलजजिराको अनलाइन संस्करणमा उल्लेख छ । टर्कीका कार्यबाहक सेना प्रमुखका अनुसार सैन्य बलको एक समूहले गरेको सत्ता कब्जाको प्रयास असफल भएको छ ।
सेनाको एक समूहले राष्ट्रिय टेलिभिजनमार्फत सत्ता कब्जाको घोषणा गर्नुका साथै कफ्र्यू लगाएको थियो । सेनाको एक टुकडीले सत्ताकब्जाको घोषणा गरेपछि सेनाको बख्तरबन्द गाडीहरु सडकमा आएको थियो । राजधानी अंकारामा गोलाबरी समेत भयो । घटनामा एक हजार ४ सय ४० भन्दा बढी घाइते भएका छन् ।
सैनिक ‘कू’को प्रयासपछि टर्कीका राष्ट्रपति एर्दोआनले लोकतन्त्रका लागि सडकमा आउन जनतालाई अपील गरेका थिए ।
राष्ट्रपति एर्दोआनलाई एकै पार्टीको रवायती मुसलमान समुदायको ब्यापक समर्थन प्राप्त छ । राष्ट्रपति तैयब छुट्टी मनाउन गएकोबेला सैन्य ‘कू’को प्रयास भएको थियो ।
लोकतन्त्रका लागि सडकमा आउन भन्दै उनले अपिल गरेपछि उनका कार्यकर्ताहरु सडकमा उत्रिएका थिए । नागरिकले सैन्य ‘कू’को प्रतिरोध गरेपछि इस्तानबुलको बोसफोरस पुलमा रहेका बिद्रोही सैनिकहरुले हतियार छाडेर आत्मसमर्पण गरेका थिए ।
राष्ट्रपति तैयब छुट्टी मनाउन गएकोबेला सैन्य ‘कू’को प्रयास भएको थियो ।
-Agency