बिजुक्छे भन्छन् – दाहाल भारतको गोटी बने

बिजुक्छे भन्छन् – दाहाल भारतको गोटी बने

narayan-man-bhujekxyaभक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भारतको गोटी बनेको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबले बुधबार भक्तपुरमा आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै उनले भारतको गोटी बनेर दाहाल सरकार परिवर्तनको खेलमा लागेको आरोप लगाए ।

वर्तमान सरकार विस्थापन गर्ने भारतको चाहनामा कांग्रेससँगै माओवादी अध्यक्ष दाहाल गोटी बनेको दाबी गरे ।

मधेसी दलहरुले समेत साथ दिएर यसको पुष्टी भएको समेत उनले दाबी गरे । चीनका राष्ट्रपती सी जिनपिङको नेपाल भ्रमणको समयमा नेपाल र नेपालीको हितमा महत्वपुर्ण सम्झौता हुने भएकाले भारतले यो सरकार गिराउन खेल खेलेको चाहेको उनको आरोप थियो ।