मन्त्रीको जिम्मेवारी कसकसलाई कुन–कुन ?

मन्त्रीको जिम्मेवारी कसकसलाई कुन–कुन ?

Pmo-Office-singha darbarकाठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रले सरकार छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीको जिम्मेवारी थप गरेका छन् । रक्षामन्त्री भीम रावललाई गृहमन्त्रीको जिम्मेवारी दिएका छन् ।

ओलीले माओवादीले छोडेका ८ मन्त्रालयको जिम्मेवारी अहिले भएकै मन्त्रीहरुलाई दिएका हुन् । जस अनुसार गृह मन्त्रालयको जिम्मेवारी रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री रावललाई दिएका छन् ।

वन मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजय गच्छदारलाई दिइएको छ ।

उर्जा मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री विष्णु पौडेललाई, आपूर्ति श्रममन्त्री दीपक बोहोरालाई, शिक्षा कानुन मन्त्री अग्नि खरेललाई, सिंचाई भूमिसुधार मन्त्री रामकुमार सुब्बालाई र कृषिमन्त्रालयको जिम्मेवारी पशुपंक्षी मन्त्री शान्ता मानवीलाई दिइएको छ ।

सामान्य प्रशासन मन्त्रालय भने प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । दाहाल माओवादीले मंगलबार सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मन्त्रीहरुले बुधबार सामुहिक राजीनामा दिएका थिए ।