अविश्वासको प्रस्तावमाथि एक सातापछि मात्रै छलफल

अविश्वासको प्रस्तावमाथि एक सातापछि मात्रै छलफल

nepal-parliament-protest BICCकाठमाडौँ । व्यवस्थापिका–संसद् सचिवालयमा सरकारको विरोधमा बुधबार दर्ता भएको अविश्वासको प्रस्ताव परिपक्व हुन संसद् नियमावलीअनुसार एक साता लाग्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा आफूहरुको विश्वास नरहेको भन्दै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त) ले अविश्वासको प्रस्ताव दर्ता गराएपछि त्यसको प्रक्रिया शुरु हुन एक साता लाग्ने भएको हो ।

संसद नियमावलीको नियम १६० को प्रयोग गर्ने सन्दर्भमा सभामुखले आफ्नो तजबिजीमा सो प्रस्तावलाई एक साताभित्र छलफलको प्रक्रिया अघि बढाउन सक्ने सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बताए ।

सो नियम सभामुखले निलम्बन गरेमा एकसाता नपुग्दै पनि प्रस्तावमा छलफल अघि बढ्न सक्नेछ । अविश्वास प्रस्ताव पारित भएमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।