काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले एमाले नेतृत्वकाे सरकारका विरुद्धमा व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएको छ ।
बुधबार नयाँबानेश्वरस्थित संसद् भवनमा दर्ता गराएको सो अविश्वासको प्रस्तावको प्रस्तावकमा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र समर्थनमा नेपाली काँग्रेसका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा रहेका छन् ।
सो अविश्वासको प्रस्तावमा नेका र केन्द्रका २५५ जना सांसदले हस्ताक्षर गररेका छन् ।
अध्यक्ष दाहालसहित नेका संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले व्यवस्थापिका–संसद्का महासचिव मनोहरप्रसाद भट्टराईसमक्ष सो प्रस्ताव दर्ता गराएका हुन् ।
नेका प्रमुख सचेतक श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको वर्तमान सरकार नैतिक सङ्कटमा परेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिन माग गरे ।
केन्द्रका प्रमुख सचेतक पाण्डेले प्रम ओलीले पदबाट राजीनामा दिई नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न माग गरे ।