काठमाडौं । विशेष स्रोतका अनुसार शेरबहादुर देउवा वा पुष्पकमल दाहाल
कसको नेतृत्वमा नेपालमा सरकार बनाउने भनी अहिले दिल्लीमा छलफल चलिरहेको छ । माओवादी केन्द्र ओली सरकारबाट अलग्गिएलगत्तै काँग्रेस–माओवादीबीच आलोपालो सरकारमा जाने भनी हिजो नै लिक भएको प्रचण्ड–शेरबहादुर द्वीपक्षीय सहमति काङग्रेसले अझैसम्म स्वीकार गरिसकेको छैन । केन्द्रीय समिति कार्यालयको बैठकले त्यसबारे निर्णय गर्ने भनी काङ्ग्रेसका नेताहरुले सार्वजनिक गरिरहेकै बेला दिल्लीमा नेपालको सरकार निर्माणबारे गम्भीर छलफल चलिरहेको स्रोतले बताएको छ ।
मंगलबार साँझ नै भारतीय प्रधानमन्त्री मोदीको निवासमा नेपालको सरकार निर्माणबारे व्यापक छलफल भई लगभग टुङगो नै लागिसकेको भए पनि विपक्षीको व्यापक आलोचना र खप्की खान नपरोस् भनी यसलाई अरु धेरै भारतीय राजनेताहरुकोबीचमा छलफल गराई अनुमोदन गर्न लागिएको बताइएको छ । दिल्ली निर्णयको पर्खाइमा रहेको नेपाली काङ्ग्रेसको बैठक आज साँंझसम्म दिल्लीबाट निर्देशन आउने बित्तिकै बस्ने र सरकार कसको नेतृत्वमा बन्ने वा बनाउने कुरा सार्वजनिक गरिने स्रोतले बताउंछ ।
स्मरण रहोस् भारतीय राजदूत रञ्जित रेले माओवादी केन्द्रलाई ओली सरकारबाट फिर्ता बोलाउन र देउवालाई प्रचण्डको नेतृत्वमा सरकार निर्माणका लागि सहयोग गर्न निकै ठूलो दबाब दिएका थिए । तर राजदूत रे पनि अहिले दिल्लीको निर्देशन कुरिरहेको बताइएको छ ।