माओवादी केन्द्रले एमाले सरकारको साथ छाड्यो

माओवादी केन्द्रले एमाले सरकारको साथ छाड्यो

CPN-Maoist-Centre1

काठमाडौं । एमाले नेतृत्वको सरकारलाई साथ दिँदै आएको नेकपा माओवादी केन्द्रले एमालेको साथ छाडेको छ । बजेट पेश गर्नुअघि नै आफूलाई प्रधानमन्त्री बनाउने माकेका अध्यक्ष प्रचण्डले गोप्य सहमति गरे पनि प्रधामन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री नदिएपछि सरकारको साथ छाडेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको पत्र मंगलबार जनार्दन शर्मा मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाएका थिए ।

वर्तमान सरकारको नेतृत्वले नौ बुँदे सहमति र तीन बुँदे भद्र सहमति कार्यान्वयन गर्न तयार नभएको भन्दै माओवादीले एमाले सरकारको साथ छाडेको जनाएको छ ।