फ्रान्सलाई हराउँदै पहिलो पटक पोर्चुगलले उचाल्यो युरोकपको उपाधि

फ्रान्सलाई हराउँदै पहिलो पटक पोर्चुगलले उचाल्यो युरोकपको उपाधि


portugal-gallery

 

 

काठमाडौं । आयोजक फ्रान्सलाई हराउँदै पोर्चुगलले पहिलो पटक युरोकप फुटबलको उपाधी उचालेको छ । 

फ्रान्सको पेरिसस्थित राष्ट्रिय रंगशालामा सोमबार बिहान भएको फाईनलमा घरेलु टोलीलाई अतिरिक्त समयमा १–० ले हराँउदै पोर्चुगलले उपाधि जितेको हो । 

खेलको पहिलो हाफको २४ औं मिनेटमा नै पोर्चुगलका क्रिश्चियानो रोनाल्डो घाईते भएर मैदान छोडेका थिए ।

खेलको निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि ३० मिनेट थप गरिएको थियो । पोर्चुगलका लागि खेलको १०९ औं मिनेटमा अत्तिरित्त खेलाडी ईडरले गोल गरेपछि पोर्चुगलले पहिलो पटक उपाधी उचालेको हो । 

फ्रान्सले खेलको अधिकांश समय बल आफ्नो पक्षमा राखेर गोलका अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । पोर्चुगलको यो कुनैपनि मुख्य प्रतियोगिताको पहिलो उपाधी हो । 

यसअघि सन् २००४ मा आफ्नै राष्ट्रमा भएको युरोकप फुटबलको फाईनलमा पोर्चुगल ग्रिससँग पराजित भएको थियो । 

फ्रान्सले भने तेस्रो पटक युरोकपको उपाधि जित्ने अवसर खेर फालेको छ । यसअघि सन् १९८४ र २००० मा युरोकप जितेको फ्रान्सले १९९८ को विश्वकपको उपाधी हात पारेको थियो ।