भूकम्पको पीडामाथि भोटेकोशीले निम्त्याएको अर्को पीडा

भूकम्पको पीडामाथि भोटेकोशीले निम्त्याएको अर्को पीडा

bhotekoshi-landslap-1

काठमाडौं । गत वर्ष वैशाख १२ गते गोरखा केन्द्र भएको विनाशकारी भूकम्पपछि बैशाख २९ गतेको शक्तिशाली परकम्पले दिएको पीडामाथि सिन्धुपाल्चोकवासीलाई भोटेकोशीले अर्को पीडा थपिदियो । भूकम्प जानुअघि सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले विपद् निम्त्याएपछि सिन्धुपाल्चोकवासीलाई प्रकृतिले एकपछि अर्को गरी पीडा थपिरहेको छ ।

bhotekoshi-landslap-2भूकम्पले थलिएका सिन्धुपाल्चोकवासीलाई मंगलबार राती भोटेकोशीमा आएको भीषण बाढीले भोटेकोशी छेउछाउका बस्तीहरुलाई बगायो ।

bhotekoshi-landslap-4अहिले फेरि भोटेकोशीमा अकस्मात आएको बाढी र विभिन्न ठाउँको पहिरोले जिल्लाबासीमा अर्को विपत आइलागेको छ ।

भोटेकोशीमा आएको बाढीले सिन्धुपाल्चोकको तातोपानी गाविसका दुई दर्जन बढी घरमा क्षति पुर्याएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

भोटेकोशीमा आएको बढीले कटान गर्दा जिल्लाको बाह्रबिसेभन्दा माथिको राजमार्ग पूर्णरुपमा अवरुद्ध हुन पुगेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले जानकारी दिए ।

बाढीले राजमार्ग छेउका पक्की घरहरु समेत भत्काइदिएको छ ।

बाढीपछि ५ दर्जन भन्दा बढीलाई सेनाले उद्धार गरी काठमाडौं तर्फ पठाइएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

बाढीले कोशी छेउ रोकिएका ट्रिपरहरु समेत बगाएको थियो भने एउटा झोलुंगे पुल र बेलिब्रीज समेत बगाएको थियो भने माथिल्लो भोटेकोशीको ड्याममा समेत क्षति पुगेको छ ।

यति ठूलो क्षति भए पनिमा मानवीय क्षति भने नभएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

 

 

bhotekoshi-landslap-3

bhotekoshi-landslap-5