काठमाडौं । बीपीपुत्र तथा नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाको स्वास्थ्यमा चामत्कारित सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
मंगलबार बेलुका ओम अस्पतालमा भर्ना भएका कोइराला बुधबार बिहानदेखि अचेत भएका थिए। सशांकको विहीबार विहानसम्म पनि खतरामुक्त नरहेको बताएका चिकित्सकहरुले उनको स्वस्थ्यमा चामत्कारिक सुधार आएको भन्दै विहीबार नै भेन्टिलेटरबाट निकालिएको छ ।
बुधबार बिहान एक्कासि कोइरालाको स्वास्थ्य बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा क्रमशः सुधार आएपछि विहीबरा अपराह्न ३ बजेपछि भेन्टिलेटरबाट सघन उपचार कक्ष (आइसीयू) मा राखिएको छ ।
महामन्त्री कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी दिन ओम अस्पतालमा विहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा उपचारमा संलग्न चिकित्सक डा लव जोशीले कोइराला आफैले श्वास लिइरहनुभएको र पूर्ण होसको अवस्थामा रहेका बताए । कोइरालालाई कुनै सङ्क्रमण नहोस् भनेर अस्पतालले आइसियूभित्र चिकित्सकबाहेक अन्यलाई जान बन्देज लगाएको छ ।
स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भए पनि अझै खतरामुक्त भने भन्न नमिल्ने डा जोशीले बताए ।