काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सरकार निर्माण गर्ने पार्टीको निर्णयबारे प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।
कांग्रेससहितको राष्ट्रिय सरकार निर्माण गर्नेबारे पहल थालेका प्रचण्डले देउवालाई लिएर बालुवाटार पुगेका थिए । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले आफूसँग गरेको सहमति पालना नगरेको भन्दै प्रचण्डले नयाँ सरकार गठनको पहल गर्ने निर्णय पार्टी हेडक्वाटर कार्यालय बैठकबाट गराएका थिए । प्रचण्ड हेडक्वाटरमा ३३ सदस्य सदस्य छन् ।
हेडक्वाटर कार्यालयको बैठकपछि असार २१ देखि शुरु भएको पोलिटब्यूरो बैठक बसेको थियो । बेलुकी ५ बजे तय भएको भेटघाट पोलिटब्युरो बैठक लम्बिएकाले ७ बजेमात्रै सुरु भएको थियो । बालुवाटार स्रोतका अनुसार बैठक करीब सवा घण्टा जति चलेको थियो ।
माओवादी नेता नारायणकाजी श्रेष्ठले तीन दलका शीर्ष नेताहरु सहभागी बैठक सामान्य छलफलमा मात्र केन्द्रीत रहेको प्रतिक्रिया दिए ।