एमाले र माओवादी केन्द्र विच एकता अाजको अनिवार्य आवश्यक्ता

एमाले र माओवादी केन्द्र विच एकता अाजको अनिवार्य आवश्यक्ता

सौरभ अाचार्य

केही वर्ष अगाडीको कुरा हो, नेपालमा स्याटेलाइट प्रविधीको दुइवटा डिटिएच सेवा प्रदायकहरु एकै पटक बजारमा आए – डिस नेपाल र होम टिवी । यी दुवैको काम एउटै थियो, उनीहरुले प्रसारण गर्ने च्यानलहरु पनि एउटै थियो । नाममा मात्र भिन्नता थियो काममा भने थिएन । उनीहरुले भिन्न भिन्न सेवा प्रदायक भएर काम गर्दा उनीहरुलाई धेरै नै घाटा थियो, जस्तो कि विदेशी र स्वदेशी च्यानलहरु सँग आ–आफ्नै सम्झौता गनुपरेको थियो । एक अर्काविच बजारमा तिब्र प्रतिस्पर्धा पनि गर्नुपरेको थियो । एउटै प्रायोजनको निम्ती खोलीएका दुइ संस्थाहरु भएपछि दुवैलाई केही आर्थीक घाटा पनि स्वभावीक नै थियो । यसरी घाटा सहन नसकेर हो वा एक भएर अझ स्तरीय सेवा दिनलाई हो यी एउटै प्रायोजनको लागी खोलीएको डिटिएचहरु एक भए डिसहोम को नया नाममा जसले उनीहरु दुवैलाई फाइदा भयो । बजारमा एकछत्र राज गरिरहेको छ अहिले डिसहोमले । डिस होम एउटा उदाहरण मात्र हो, पछिल्लो चरणमा धेरै बैँक, फाइनान्सहरु पनि एक हुँदै गइरहेका छन् । यसबाट भन्न खोजेको यती मात्र हो – फरक विचार, फरक उद्देश्य हुनेहरु मात्र अलग्गिएर बस्नुपर्छ तर एकै विचार र उद्देश्य भएकाहरु एक भएरै बस्नुपर्छ ताकी विचार र उद्देश्य पुरा गर्न एकिकृत शक्ती मिलोस् ।

त्यसैगरी राजनितीमा पनि भिन्न भएर एउटै उद्धेश्यको लागी संघर्ष गर्नुभन्दा पनि एक भएर त्यो उद्धेश्य प्राप्तीको लागी लड्दा त्यो अझ प्रभावकारी बनेको धेरै इतिहास हामीले देखेका, पढेका र सुनेका छौँ । पछिल्लो चरणको मधेसवादी दलहरुको मोर्चाबन्दीले पनि यसलाई प्रमाणित गरेको छ । अर्को तर्फ सात सालको आन्दोलनमा राणा हटाउने एउटै उद्धेश्य भएकोले राजा, काङ्ग्रेस र जनता एकै ठाँउमा आउदा राणाशासनको अन्त्य नै भयो, फेरी पञ्चायत विरुद्ध काङ्ग्रेस एमालेहरु सहित अरु पार्टीहरु र जनता एकै ठाँउमा उभिदा पञ्चायतको पनि अन्त्य भयो र त्यसपछि काङ्ग्रेस, एमाले र माओवादी सहित अन्य पार्टीहरु र जनताहरु एकै ठाँउमा आएपछि राजतन्त्रकै अन्त्य भयो । करीब २० वर्ष अगाडी माओवादीले जनवादी राज्यसत्ता र उत्पिडित जातजाती, वर्ग, समुदाय, क्षेत्र लगायतको राज्यमा समान पहुँचको नारा दिदै जनयुद्ध सुरु गरेको थियो । माओवादीले आन्दोलन ताका गणतन्त्रको नारा लगाउने गथ्र्यो । गणतन्त्रको नारा प्रति टिप्पणी गर्दै अर्को कम्युनिस्ट पार्टीका नेताहरु भने गणतन्त्रको माग र नाराको धज्जी उठाउदै त्यो दिवा सपना भएको तर्क गर्थे । त्यसबखत माओवादी नेताहरु एक भएर यी तर्कहरुको सामना गर्थे र यस विरुद्ध धावा बोल्थे । माओवादीहरु सफल पनि हुने गर्थे । माओवादी विचारहरुको एकता र संयुक्त संघर्ष बाट नै हो नेपालमा गणतन्त्र संभव भएको अन्यथा गणतन्त्र साँच्चै केही कम्युनिस्ट नेताहरुले भने जस्तो दिवा सपना मात्र हुने थियो । यी महान् आन्दोलन र घटनाहरु बाट पनि थाहा हुन्छ कि उद्देश्य र विचार मिल्नेहरु एक भएरै उभिनुपर्छ अनि मात्र जित सम्भव छ ।

पुष्पकमलकै पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका तर हाल भने नयाँ शक्तिका पूर्वप्रधानमन्त्रि श्री बाबुराम भट्टराई ले त झन् सुकुम्बासी बस्तीहरुमा चिसो बिहानमा डोजर चलाएकै बखत पुष्पकमल दाहालको पार्टीले वर्गीय मुद्धा त्यागेको र अब तल्लो वर्गको हित भन्दा पनि उच्च वर्गकै हितको निम्ती बलिदान गर्ने संकेत गरिसक्नुभएको थियो ।

पछिल्लो चरणमा पहिले एक भएर लडेका माओवादी नेताहरु अहिले चार पाँच वटा माओवादी पार्टीका अध्यक्ष, महासचिवहरु भएका छन् । एक हुँदा संविधानसभाकै पहिलो दल बनेको माओवादी चिरा परेपछि संविधानसभामा तेस्रो मात्रै भयो । संविधानसभा भित्र चिरा परेको माओवादी मध्ये जनयुद्धको नेतृत्व गरेका र जनमुक्ती सेनाका सर्वोच्च कमाण्डर प्रचण्डको पार्टी मात्रै थियो । आफैले मागेको संविधानसभाको मागमा पनि एक भएर उभिन नसक्दा माओवाद भने पराजित भइसकेको थियो र माओवादीहरुको पराजय मात्रै बाँकी थियो । विचार र उद्देश्यमा एक भएर नलड्दाको परिणाम थियो माओवादको पराजय ।

जसरी एउटै उद्देश्य भएको डिस नेपाल र होम टिवीको एकता भएको थियो त्यसरी नै एउटै उद्देश्य राख्ने केपी ओली र पुष्पकमलहरु पनि एक भएरै लड्नुपर्छ

अर्को तर्फ महान् जनयुद्धको नेतृत्व गर्नुएका जनमुक्ती सेनाका सर्वोच्च कमाण्डर क. प्रचण्ड अर्थात हालका श्री पुष्पकमल दाहालले अहिले उहाँको पार्टीको एमाले सँग एकता हुन सक्ने कुरा भनिरहनुभएको छ । यस कुरामा माओवाद विचारकहरुको र माओवादी मनहरुको आपत्ती रहन सक्ला तर म भने उहाँको यो भनाईको समर्थन नै गर्छु । जसरी एउटै उद्देश्य भएको डिस नेपाल र होम टिवीको एकता भएको थियो त्यसरी नै एउटै उद्देश्य राख्ने केपी ओली र पुष्पकमलहरु पनि एक भएरै लड्नुपर्छ । जनयुद्ध ताका प्रचण्डले एमालेको विरोध गर्दै भन्ने गर्थे एमाले संसदवादी दल हो र एमालेले जनताको सेनामा विश्वास गर्दैन, बल प्रयोगमा विश्वास गर्दैन, वर्गसंघर्षमा विश्वास गर्दैन । समग्रमा भन्दा एमाले कम्युनिस्ट होइन भन्ने गर्थे प्रचण्ड । पछिल्लो समयमा श्री पुष्पकमल दाहालले आफुले हजारौँ जनताको रगत र पसिनाले निर्माण भएको जनमुक्ती सेना बसेको ब्यारेकमा सरकारी सेना लगाइ कब्जा गरेर पुष्पकमलले पनि जनताको सेनामा विश्वास नगर्ने स्पस्ट पारी सकेका छन् । त्यसैगरी जनताको अधिकारको निम्ती राज्य सँग बल प्रयोग गरेर लड्नुको सट्टा उल्टै जनतालाई दमन गर्ने र जनता सँग कुनै सम्वाद नगरी जबरजस्ती संविधान पारीत गराएर पुष्पकमलले बल प्रयोगको सिद्धान्त पनि नमान्ने उद्घोष गरिसकेका छन् । पुष्पकमलकै पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका तर हाल भने नयाँ शक्तिका पूर्वप्रधानमन्त्रि श्री बाबुराम भट्टराई ले त झन् सुकुम्बासी बस्तीहरुमा चिसो बिहानमा डोजर चलाएकै बखत पुष्पकमल दाहालको पार्टीले वर्गीय मुद्धा त्यागेको र अब तल्लो वर्गको हित भन्दा पनि उच्च वर्गकै हितको निम्ती बलिदान गर्ने संकेत गरिसक्नुभएको थियो । कम्युनिस्ट संसदवादी नहुने भएकोले एमाले कम्युनिस्ट नै हौइन भन्दै आएको पुष्पकमल दाहालहरुको पार्टी (जुन अहिले माओवादी केन्द्र भएको छ) ले संसदवाद स्विकारेर आफुपनि कम्युनिस्ट नभएको तथ्य सार्वजनिक गरिसकेको छ । एमाले लाई विभिन्न आरोप लगाउदै एमालेले कम्युनिस्टको खोल ओडेर राजनिती गरेको र जनतालाई धोका दिदै भारतको दलाली गरेको आरोप लगाउने वर्तमानको माओवादी केन्द्रको पनि आरोपित एमाले चरित्र र कम्युनिस्टको खोलमा भारतको सबैभन्दा ठुलो दलाली चरित्र उदाङ्गो भइसकेको छ । नाममा मात्र फरक बनेका एमाले र माओवादी केन्द्रको उद्देश्य अहिले एउटै बनेको छ । यी दुवै कम्युनिस्टको खोल ओड्छन् र भारतको दलाली गर्छन् । यी दुवै दलले जनताको नाममा राजनिती गर्छन् र जनताकै रगत र पसिना चुस्ने गरेका छन् । जनतालाई ठग्नु दुवैको प्रधान उद्देश्य हो भने जनतालाई अधिकार सम्पन्न बनाउनु हुँदैन भन्नेमा पनि यी दुवै दल एक ठाँउमा उभिएका छन् ।

अर्को तर्फ नेपाली काङ्ग्रेस पनि जनतालाई लुट्ने, अधिकारबाट बन्चित गराउने र भारतको दलाली गर्नेमा एमाले र माओवादी केन्द्रलाई कडा टक्कर दिरहेको छ । एमाले र माओवादी केन्द्र त झन् कम्युनिस्टको खोल पनि ओड्छन्, उनीहरु यसमा पनि भिन्न छैनन् जुन काङ्ग्रेसमा पाइदैन । अहिले भारतको दलालीमा एमाले र माओवादी केन्दलाई काङ्ग्रेसले कडा टक्कर दिन सुरु गरिसकेको छ । सुरुमा एकछत्र दलाली गरेको काङ्ग्रेस एमालेको आगमन सँगै केही समस्यामा देखापरेको थियो भने तत्कालिन एमाओवादीको आगमन सँगै त नेपालमा रहेका भारतको दलाल पार्टीहरुको टप तिन सुचीबाट बाहिरीएको नै थियो । फेरी अहिले बलियो दलाल बनेर आएको काङ्ग्रेसलाई हराउन र उ भन्दा ठुलो दलाल बन्न पनि अरु भारतीय दलाल पार्टीहरु एक भएरै जानुपर्छ । त्यसैले पनि कम्युनिस्टका खोल ओडेका ढोंगी कम्युनिस्टहरु एमाले र माओवादी केन्द्र विच एकताको अनिवार्य आवश्यक्ता रहेको छ ।