काठमाडौं । क्रोएशिया, पोल्यान्ड र वेल्स युरोकप फुटवलको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
क्रोएशियालले पोर्चुगललाई, पोल्यान्डले स्वीटजरल्यान्डलार्इ तथा वेल्सले नर्दन आयरल्याण्डलाई पराजित गरी क्वाटर फाइनल प्रवेश गरेको हो ।
क्रोएशियालाई हराउँदै पोर्चुगल जारी युरोकप फुटवलको क्वाटर फाइनलमा प्रवेश गरेको हो । शनिवार साँझ भएको खेलमा पोर्चुगलले खेलको अतिरिक्त समयामा गोल गरी जित निकालेको हो ।
पोर्चुगल क्रिष्टियानो रोनाल्डो रहेको टोली पोर्चुगल अब क्वाटरफाइनलमा पोल्याण्डसँग प्रतिष्पर्धा गर्नेछ । पोल्याण्डले शनिबार साँझ सम्पन्न खेलमा स्वीट्जरल्याण्डलाई टइब्रेकरमा पराजित गरेको थियो ।
फ्रान्सको लेन्सस्थित स्टेट बोलार्ड डेलेसिस रंगशालामा भएको खेलको ११६औं मिनेटमा सब्सिच्युड स्ट्राइकर रिकार्डो क्वारेज्माले पोर्चुगलको उद्धार गरे । उनी जाआओ मारियोलाई प्रतिस्थापन गर्दै ८७औं मिनेटमा मैदान प्रबेश गरेका थिए । सुपरस्टार क्रिष्टियानो रोनाल्डोको प्रहार क्रोएशियान किपरले क्लियर गरेपछिको रिवाउण्ड बललाई क्वारेज्माले गोललाईनबाट हेड मार्फत जाली चुमाएका थिए ।
यसअघि खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि ३० मिनेटको अतिरिक्त समय थपिएको थियो ।
सन् २००४ को उपबिजेता पोर्चुगल पछिल्लो चार संस्करणको युरोकप फुटवलको कम्तिमा सेमिफाइनलसम्म पुगेको छ । गत संस्करणमा पनि पोर्चुगल सेमिफाइनलबाट बाहिरिएको थियो ।
पोल्यान्ड र स्वीटरल्यान्डबीचको खेल १, १ गोलको बराबरी भएपछि ट्राइबेकरमा स्वीटजरल्यान्ड ५, ४ ले पराजित भएको थियो ।