जनमत संग्रहको नजिताले विश्वबजारमा तरंग

जनमत संग्रहको नजिताले विश्वबजारमा तरंग

goldकाठमाडाैं । बेलायतले यूरोपीयन युनियन (ईयू)सँग छाड्ने जनमत संग्रहको फैसलाले विश्व बजारमा तरंग मच्चाएको छ ।
ईयू छाड्ने कि सँगै रहने भनी बेलायतमा विहीबार भएको जनमत संग्रहले विश्वकै शेयर बजारमा हलचल मच्चाएको हो ।

बेलायतको जनमत संग्रहको निर्वाचनको परिणाम नआउँदै विश्वकै शेयर बजारमा गिरावट आएको थियो । बेलायती मुद्रा पाउण्डमा पनि भारी मात्रामा गिरावट देखिएको छ । पाउण्डमा पछिल्लो ३१ वर्ष यताकै सबैभन्दा बढी गिरावट आएको छ ।

नेपालमा सुनको मूल्य भारी वृद्धि

यो साता सामान्य घटबढ भइरहेको सुनको बेलायतको जनमत संग्रहको फैसलाले एकैपटक प्रतितोला ३ हजार रुपैयाँले बढेको छ ।

बिहीबार ५६ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन शुक्रबार ३ हजारले बढेर ५९ हजार रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बेलायत युरोपियन युनियनबाट बाहिरिएसँगै त्यसको असर सुनमा परेको हो । सेयर बजारमा पाउण्ड स्र्टर्लिङको मूल्य ओरालो लागेर सुनको मूल्यमा पनि असर परेको हो ।

नेपालको इतिहासमा सुनको मूल्य एकैपटक यति धेरै बढेको पहिलो पटक हो । । यसअघि सुन एकपटकमा २४ सय रुपैयाँसम्म महंगो भएको रेकर्ड थियो ।

यस्तै, जापानको इन्डेक्स ७.८५ प्रतिशतले ओरालो लाग्नुका साथै सिंगापुरमा पनि शेयर बजार ओराले लागेको छ ।

यस्तै, चीन, ताइवान, दक्षिण कोरियाको शेयरबजारमा पनि २देखि ४ प्रतिशतसम्म गिरावट आएको छ । बेलायतले ईयूलाई छाड्ने पक्षमा बहुमत देखिएपछि भारतको शेयर बजारमा समेत ओरालो लागेको छ ।