मधेसी मोर्चा–गठबन्धनमा खटपट

मधेसी मोर्चा–गठबन्धनमा खटपट

rajendra mahatoकाठमाडौं । तराई–मधेसमा सात महिनाभन्दा बढी समय आन्दोलनको नेतृत्व गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा खटपट देखिएको छ ।

गठबन्धनको नेतृत्व गरिरहेका संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले मोर्चालाई मात्रै पत्र पठाएर सरकारले गठबन्धन फुटाउन खोजेको अरोप लगाइरहेका बेला मोर्चाकै अर्का नेता तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने गठबन्धन बिना नै आफूहरु बार्तामा जाने बताएका छन् ।

महतोले शुक्रबार पत्रकार सम्मेलन गरी आफूहरु गठबन्धनबिना नै वार्तामा जाने बताए । गठबन्धनले आन्दोलन चर्काउन नसकेको पनि उनले आरोप लगाए ।

सरकारसँगको वार्तामा कसरी प्रस्तुत हुने भन्ने विषयमा गठबन्धनभित्र अझै औपचारिक छलफल भने हुन सकेको छैन । पछिल्ला दिनमा गठबन्धनभित्रै केही खटपटी बढेकाले पनि उनीहरुबीच फरक मत मतान्तर देखिएको हो ।

गठबन्धनको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी मोर्चा सङ्घीय गठबन्धनबिना नै सरकारसँगको वार्तामा सहभागी हुने बताए । थापाँगाउँस्थित पार्टी कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले वार्ताका लागि सरकारले पत्राचार गरेर सक्रियता देखाउनु सकारात्मक हो भन्दै गठबन्धनलाई सरकारले पत्राचार नगरेको भए पनि वार्ताका लागि मोर्चा गठबन्धन बेगर सहभागी हुने बताए ।