चीनमा हावाहुरी, मुसलधारे वर्षा र चट्याङका कारण ५१ जनाको मृत्यु

चीनमा हावाहुरी, मुसलधारे वर्षा र चट्याङका कारण ५१ जनाको मृत्यु

China stromeएजेन्सी  । पूर्वी चीनमा आएको भीषण तुफानका कारण ५१ जनाको मृत्यु भएको छ भने अन्य दर्जानौं घाइते भएका छन।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार जियांग्सु प्रान्तमा हावाहुरी, मुसलधारे वर्षा र चट्याङका कारण ठूलो क्षति भएको हो । यो हप्ता चीनका केही क्षेत्रमा भीषण तुफान आएको छ ।

बिहीबार दोस्रो पटक आएको तुफानका कारण याचेंग सहरमा ठूलो संख्यामा घरहरु भत्किएका छन् । मध्य चीनमा आएको बाढीका कारण २२ जनाको मृत्यु भइसकेको छ भने दुई लाख मानिसहरु विस्थापित भएका छन् ।

बाढीका कारण अहिले सम्म ४ सय १० मिलियन डलर बराबरको क्षति भएको जनाइएको छ । चीनका उपप्रधानमन्त्री वांग यांगले मौसम अलनिनो प्रभावका कारण चीनले अस्थीर मौसमको सामना गर्नुपरेको बताएका छन् ।