क्रान्तिकारी माओवादीले तत्कालै फौजी संगठन निर्माण गर्ने

प्रकाशित मिति : २०७३ असार ७

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीको राष्ट्यि भेलाको बन्दसत्र मंगलबारदेखि शुरु भएको छ । 
पुनारो बानेश्वरस्थित ओमसाई पार्टी प्यालेसमा शुरु भएको बन्दसत्रमा ७ सय प्रतिनिधिहरुको उपस्थिति रहेको नेकपा क्रान्तिकारी माओवादीका प्रवक्ता सीपी गजुरेलले बताए ।

विहानदेखि ९ बजेदेखि नै बन्दसत्र शुरु गरिने भनिए पनि बन्दसत्रका एजेण्डा तथा पार्टी संगठन कस्तो बनाउने भन्नेबारेमा निर्णय गर्न केन्द्रीय समिति बैठक बसेकाले बन्द सत्र झण्डै तीन घण्टा ढिला गरी शुरु भएको छ ।

पार्टीलाई फौजी ढंगले अघि बढाउने

बन्दसत्र शुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले पार्टीलाई तत्कालै फौजी ढंगले अघि बढाउने निर्णय गरेको छ । फौजी संगठन निर्माण गरी तत्कालै लाग्ने निर्णय गरेको छ ।

पार्टीको महाधिवेशन आगामी फागुनमा गरिने भएकाले त्यसअघि संगठन चुस्त बनाउने पनि केन्द्रीय समिति बैठकले निर्णय गरेको एक केन्द्रीय सदस्यले बताए । 

संगठन ब्युरो खारेज

क्रान्तिकारी माओवादीले पार्टीको संगठन ब्युरो खारेज गर्ने निर्णय गरेको छ । बन्दसत्र शुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले संगठन ब्युुरो खारेज गर्ने निर्णय गरेको हो ।

संगठन ब्युरो खारेज गरी सानो चुस्त कार्यालय बनाउने वैठकले निर्णय गरेको क्रान्तिकारी माओवादीले जनाएको छ ।