काबुलमा आत्मघाती आक्रमण, १४ नेपालीको हत्या, अन्य पाँचजना घार्इते

काबुलमा आत्मघाती आक्रमण, १४ नेपालीको हत्या, अन्य पाँचजना घार्इते

Kabul Attackकाठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार विहान आत्माघाती आक्रमण गरी १४ नेपालीको हत्या गरिएको छ ।

विद्रोहीले गराएको आक्रमणमा परी मारिने सबै १४ जना नै नेपाली भएको पुष्टि भएको हो । काबुलमा सोमाबार बिहान मिनीबसमाथि आत्माघाती बम आक्रमण भएको थियो ।

अफगान गृहमनत्रालयले आक्रमणमा परी मारिने सबै १४ जना नै नेपाली रहेको पुष्टि गरेको हो । आक्रमणमा परी अन्य ९ जना घाइते भएका छन् । घाइते मध्ये ५ जना नेपाली र अन्य चार जना अफगान नागरिक रहेका छन् ।

नेपाली सुरक्षागार्ड बोकेको मिनीबसमाथि बम हमला भएको थियो । अफगानी गृहमन्त्रालयका प्रवक्ता सेदिक सिद्दिकीले पैदल हिड्दै आएका आत्मघाती हमलाकारीले बस रोकिएको अबस्थामा आफुलाई बिष्फोट गराएको जानकारी दिएका छन् ।