धनगढी । सन् २०१० देखि सन् २०१६ सम्ममा कैलाली भन्सार सीमा नाकाबाट दुई सय ४९ जना तेस्रो मुलुकका पर्यटक भित्रिएका छन् ।
अध्यागमन कार्यलयका अनुसार सोही अवधिमा २ सय ४७ जना पर्यटक बाहिरिएका छन् । सन् २०१५ मा कैलाली नाकाबाट सबैभन्दा बढी ४५ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।
यस्तै सन् २०१० मा ३२, २०११ मा ४४, २०१२ मा ४०, २०१३ मा २९ र २०१४ मा ३५ जना पर्यटक भित्रिएका थिए ।
सन् २०१६ मा गत पाँच महिनाको अवधिमा २४ जना भित्रिएका कार्यलयले जनाएको छ । अध्यागमन कार्यालयले नेपाल भित्रिने पर्यटकलाई १५, ३० र ९० दिनका लागि प्रवेशाज्ञा प्रदान गर्दै आएको छ ।
यस नाकाबाट धेरैजसो अमेरिका, जापान, अस्ट्रेलियाका नागरिक भित्रिने गरेको बताइएको छ ।