rambaran yadavकाठमाडौं । पूर्व राष्ट्रपति डा.रामवरण यादवको घरबेटीले सरकारविरुद्ध मुद्दा दर्ता गराएका छन् ।

पटकपटक घरभाडाका लागि पहल गर्दा पनि सरकारले वास्ता नगरेपछि पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई राखिएको घरका धनीले सरकारविरुद्ध मुद्दा दायर गरेका हुन् ।

पूर्व राष्ट्रपति यादवलाई हतार हतार गरी सारिएको घरका लागि मासिक १ लाख ३० हजार रुपैयाँ तिर्ने गरी रविभक्त विष्टको घर भाडामा लिइएको थियो ।

सरकारले भाडा तिर्ने भन्दै राखिए पनि भाडा नतिरेपछि पूर्व राष्ट्रपति यादवका घरबेटीले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

मुलुकको पहिलो राष्ट्रपति यादवलाई सरकारले सारेको घर हाइटेन्सन लाइनभन्दा मुनि परेकाले विद्युतसमेत थिएन । घरमा फर्निसिङ तथा कुनै पनि सुविधा नहुँदा नहुँदै पूर्व राष्ट्रपतिलाई त्यहाँ सारिएको थियो । पूर्व राष्ट्रपतिलाई सरकारले भाडा तिरिदिने गरी घरमा राखेको भए पनि अहिलेसम्म भाडा तिरेको छैन । २०७२ साल कात्तिक ११ गते घरभाडाका लागि सहमति गरिएको थियो ।

भाडा रकम पाउँ भन्दै घरवेटी विष्टले २०७२ साल माघ ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन दिएका थिए ।
सरकारले जस्तो घरमा लगेर राख्छ आफू त्यस्तैमा बस्ने भन्दै यादवले कुनै आपत्ती जनाएका थिएनन् । उनले सरकारले आफूलाई गर्ने व्यवहार ‘नजिरका रुपमा’ स्थापित हुने बताउँदै जहाँ राख्छन् त्यही बस्ने जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर