काँकडभिट्टा । दश केजी सुनसहित भद्रपुर एयरपोर्टमा पक्राउ परेका एक तिब्बती विद्यार्थी तेन्जिङ सेडुक धरौटी रकम बुझाउन नसक्दा जेल चलान भएका छन् ।
सेडुकले झापा जिल्ला आदालतले मागेको रु चार करोड ३१ लाख ७२ हजार ५२५ बुझाउन नसक्दा जेल चलान भएका हुन् । सुनसहित भद्रपुर एयरपोर्टबाट पक्राउ परेका सेडुकलाई झापा जिल्ला अदालतको थुनछेकको आदेशमा कारागार चलान गरेको हो ।
सेडुक २०७२ साल भदौ २९ गते १० केजी सुनसहित पक्राउ परेका थिए । १९ वर्षीय सेडुक भारत देहरादुनको मैसुर स्कुलमा अध्ययनरत विद्यार्थी हुन् । सेडुक नेपाली बोल्न जान्दैनन् तर उनले ताप्लेजुङको हाङ्देवा–९ बाट सोनाम गुरुङको नामबाट नेपाली नागरिकता लिएका छन् ।
आफूलाई भारत दिल्लीका राजेशले काठमाडाँै एयरपोर्टमा सुन पु¥याएबापत रु ५० हजार भारु दिन्छु भनेको उनले अदालतमा बयान दिएको झापा जिल्ला अदालतका स्रेष्तेदार नवराज आचार्यले जानकारी दिए ।
यसैगरी, फेसबुकमा साथी बनाएर सर्वसाधारणलाई ठगी गर्ने भारतीयसहित दुई जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको छ ।
प्रहरीले शनिअर्जुन–१ का सन्तोष भट्टराई र भारतका माल्दा पुकुरियाका सिनाहुल हकलाई पक्राउ गरेको हो । उनीहरुले विभिन्न विदेशीका नाममा फेसबुक आइडी बनाएर सर्वसाधारणलाई ठगी गर्दै आएका थिए ।
भट्टराई र हकले फेसबुक आइडीमार्फत सर्वसाधारणलाई साथी बनाउने गरेका थिए । त्यसपछि कुनै विदेशी कम्पनीका नाम भन्दै चिठ्ठा परेकाले बैंक खातामा रकम जम्मा गर्न लगाउँदै ठगी गर्दै आएका थिए । उनीहरुले लक्की ड्रमार्फत तपार्इंलाई ठूलो परिमाणमा रकम तथा विभिन्न उपहार परेको भन्दै प्रलोभन देखाउने गरेको इप्रका बिर्तामोडका प्रहरी निरीक्षक मधुकुमार थापाले बताए ।