सुनसरी । सुनसरीको इटहरीमा एकीकृत नेकपा माओवादी र क्रान्तिकारी माओवादीका नेता रामबहादुर थापा बादलको समूहबीच भएको एकताले कुनै प्रभाव पारेको छैन ।
एक १ जना पोलिटव्यूरो सदस्य, ३ केन्द्रीय सदस्य, १२ राज्य सदस्य, ३१ जिल्ला सदस्य, ७५ नगर सदस्य र करिव १२ सय पार्टी सदस्य रहेको ईटहरी उपमहानगरपालिकामा क्रान्तिकारी माओवादीको वादल समुह र एकीकृत माओवादी वीच एकता भएपनि त्याहा एकताको कुनै प्रभाव नपरेको नगर संयोजक यक्ष वहादुर कट्वाल ९गणेश०ले वताए ।
पोलिटव्यूरो सदस्य सावित्री कुमार काफ्ले समर र केन्द्रीय सदस्य सरस्वती पोखरेल पार्टी एकतामा गएपनि अरु कोही एकता प्रक्रियामा सहभागी नभएको उनले बताए ।
क्रान्तिकारी माओवादीको पार्टी केन्द्रमा वहुमतको हवला दिदै तामझामका साथ एकता गरेपनि अझै तल्ला तहका समितिहरुमा एकताको प्रक्रिया अघि बढ्न सकेको छैन ।
सिंगै सुनसरी जिल्लावाट पाच प्रतिसत कार्यकर्ता मात्र वादल समुहमा लागेको सुनसरी संयोजक तथा केन्द्रीय सदस्य केदार गुरागाई ९रत्न० ले जानकारी दिए ।
उता मोरङ्ग र झापावाट सवै केन्द्रीय सदस्य वादल समुहमा लागेपनि कार्यकर्ताले भने किरणलाई छाडेका छैनन ।
झापावाट ११ जना र मोरङ्गवाट १७ जना मात्र वादल समुहमा गएको वताईएको छ । क्रान्तिकारी माओवादीका एक कार्यकर्ताले भने हामी नेताका फलोअर्स होईनौ नत उनिहरुको झोला वोक्ने झोले नै ।
आफुहरु संग कुनै छलफल नै नगरेको र क्रान्तिकारी विचार छाडेर दक्षिण पन्थी संसोधनवादमा पतन भएको उनिहरुको वुझाइृ छ । दुई वर्ष देखि हलचल नगरि सुतेकाहरु, पार्टी छाडेर वसेकाहरुले जति सुकै हल्ला मच्चाए पनि त्यसको कुनै अर्थ नरहेको उनीहरुको भनाई छ ।