क्रान्तिकारी माओवादीको राष्ट्रिय भेला अाज, करिब सात सय प्रतिनिधि सहभागी हुने

Comrade-Mohan-Baidya-aka-Kiranकाठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को राष्ट्रिय भेला सोमबारदेखि राजधानीमा सुरु हुदैछ ।

राष्ट्रिय भेलाको राष्ट्रिय सभागृहमा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले उद्घाटन गर्दैछन् ।

एक महिनाअघि पार्टीबाट नेता रामबहादुर थापा बादलको समूह बाहिरिएपछि पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको भावी रणनीति तय गर्नका लागि क्रान्तिकारी माओवादीले राष्ट्रिय भेला बोलाएको हो ।

गत जेठ ६ गते बादलसहित अधिकांश केन्द्रीय सदस्यहरु क्रान्तिकारी माओवादीबाट बाहिरिएर एकीकृत नेकपा माओवादीसँग एकता गर्दै माओवादी केन्द्र गठन गरेका थिए ।

राष्ट्रिय भेलामा अध्यक्ष वैद्यले पार्टीको भावी रणनीति सहितको आफ्नो प्रस्ताव पेश गर्नेछन् । भेलामा करिब सात सय प्रतिनिधिहरु सहभागी हुने क्रान्तिकारी माओवादीका वरिष्ठ नेता तथा प्रवक्ता सीपी गजुरेलले जानकारी दिए ।